ईच्छाकामनामा घुम्ती शिवीरको आयोजना, नागरिकता पनि वितरण हुने

चितवन समाचार डटकम, ९ फागुन ।

जिल्ला प्रशासन कार्यालय चितवनको आयोजनामा ईच्छाकामना गाँउपालिका वडा नम्वर १ चौकीडाडाँमा भोली शुक्रवार एकदिने घुम्ती शिवीर हुने भएको छ ।
चौकीडाँडा स्थित आधारभुत विद्यालय भाराङमा शिवीरको अयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
शिवीरमा नागरिकता वितरण, मतदाता परिचयपत्रको अद्यावधिक, स्वास्थ्य शिवीर, कृषी, पशु भुकम्प सम्वन्धि परामर्शको ब्यवस्था हुने बस्नेतले बताउनुभयो । जिल्लाका बिभिन्न ६ वटा कार्यालयले शिवीरमा सेवा दिनेछन् । कार्याक्रमको स्थानीय संयोजन ईच्छाकामना गाँउपालिकाले गरेको छ ।
स्वास्थ्य शिवीरमा फिजीसीयन, दन्त र स्त्री प्रजनन तथा प्रसुती रोगका बिशेषज्ञ चिकित्सकले सेवा दिनुका साथै औषधि पनि निशुल्क व्यबस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले तीन महिनाको अन्तरालमा यस किसीमका शिवीर गर्दैआएको छ । बिशेषगरीः ग्रामिण तथा दुर्गम स्थानमा शिवीरहरु चलाईने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट