गलकोट, ३ माघ)ः कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।
घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल तथा सात जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँको छाउनी अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । अन्य २२ घाइतेलाई एम्बुलेन्समार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नंको बस आज पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो । दुर्घटनामा ३२ जना घाइते भएका थिए ।
पर्वतको मालढुंगामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बिहीवार बिहान म्याग्दीको बेनीबाट नारायणगढका लागि छुटेको यात्रुबस सडकदेखि कालीगण्डकी नदीमा खस्दा अन्य ३० जना घाइते भए । ग १ ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका १ मालढुंगामा सडकदेखि करीब १०० मिटर तल नदीमा खसेको हो । घटना स्थलमै ३ को मृत्यु भएकोमा थप ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेको बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पोखरा र काठमाडौं पठाइएको छ । गम्भीर घाइतेलाई नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लागिएको बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए । मृत्यु हुनेमा पर्वतको जलजला ८ नाङली-बाङका टिके परियार र उनकी श्रीमती सेती परियार, बागलुङ नगरपालिका ४ की शान्ती महत के.सी , म्याग्दीको पाखापानीका राजेश पुन, बिष्णुमाया पुन र पर्वतको धाइरिङका जीवन बिक रहेका छन् । अर्का एकजनाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
त्यस्तै घाइते हुनेहरूमा कालिकोटको महावल गाउँपालिका ४ का राजबहादुर सिंह, पर्वतको जलजला ८ का विक्रम रेग्मी, कमला रेग्मी र कुशल रेग्मी, जलजलागाउँपालिका ७ का विषमाया पुन, उदिर तिलीजा, कमल पौडेल, बालकृष्ण पौडेल देवीलाल नेपाली, दीपक परियार, कृष्ण पौडेल तुलसी सुवेदी रहेका छन् । त्यस्तै चितवनको प्रदेशीका पौडेल र लक्ष्मी पौडेल तथा भरतपुर महानगरपालिका ४ का पूर्णकला बस्नेत, म्याग्दीको बेनी नगरपालिका ८ का लक्ष्मीप्रसाद बिक, बेनी नगरपालिका ७ का टंकनारायण पौडेल, टेक बहादुर पुन, मन्दिरा पौडेल, हेमकला रग्मी, सुन्दरी पौडेल, पोखरा महानगरपालिका ३३ का लक्ष्मी बोहरा, अन्नपूर्ण गाउँपालिका ४ का चन्द्रा आचार्य र संकल्प पौडेल घाइते भएका छन् । त्यसैगरी, कुश्मा नगरपालिका ४ का रमेश पराजुली, राजेश सापकोटा, बागलुङको जैमिनी नगरपालिका ४ का समिर क्षेत्री, धादिङका मानबहादुर पुन र चितवनको लंगपुरका रोहीणी प्रसाद चापागाईं घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
(रासस, तस्वीर ः रासस