शंकर अधिकारी/ चितवन, १३ बैशाख ।
निर्माण व्यवसायी संघ चितवनले आज जिल्ला प्रशासन कार्यालय चितवनको मुल गेटमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरेकाे छ । निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यबृद्धि , ११ औ नियमावली शंसोधनमा भएका त्रुटि हरु सच्याउनुपर्ने , चरम मुल्यवृद्दिका कारण हुने क्षतिलाई मुल्यवृद्दि समायाेजन दिनुपर्ने, बिमा समिति ले चरम कमिसन को खेलमा लागेर समग्र निर्माण ब्यबसायी लाइ ठुलो आर्थिक क्षति ब्यहोर्न बाध्य बनाएकाेमा सच्याउनुपर्ने लगायतका माग राख्दै धर्ना कार्यक्रम गरिएकाे र याे कार्यक्रम हरेक दिन ११ वजेवाट १२ वजेसम्म रहने महासचिव पुष्कर अधिकारीले जानकारी गराए। देशैभरका निर्माण व्यवसायीहरु यहि ११ गतेवाट कन्स्ट्रक्सन हाेलिडे गरि निर्माण आयाेजना बन्द गरि आन्दाेलनमा रहेका छन् । राज्यको चरम लापरवाहीका कारण पनि निर्माण व्यवसायीहरुले सास्ति भाेग्नुपरेकाे र चरम मुल्यवृद्दिले निर्माण व्यवसायीहरुले आफ्नाे घरखेत वेचेर काम गर्नुपर्ने आसय समेत नेपाल सरकारवाट आउनु दुखद् रहेकाे संघका निवर्तमान महासचिव पुस्तकप्रसाद गाैतमले वताए। प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गलाई ज्ञापन पत्र दिदै समस्या समाधानका लागि पहल गर्न अनुराेध गरिएकाे थियाे। संघका अध्यक्ष केशवप्रसाद लामिछाने, संघका सल्लाहकारहरु, निवर्तमान अध्यक्ष लगायत निर्माण व्यवसायीहरु धर्नामा सहभागी रहेका थिए।
