अनमोलबाट भयो धोका , फिल्मबाट हात झिके

अहिलेका चर्चित अनि लोकप्रिय नायक अनमोल केसीलाई आफनो फिल्ममा लिन चाहाने निर्माता निर्देशकहरु धेरै छन् । तर उनलाई पनि फिल्ममा लिन कम मेहनत गर्नु पर्देन । उनको बिषेश ध्यान पारिश्रृमिकसंगै फिल्मको स्क्रिप्ट हुने गर्छ त्यसैले पनि उनले नो भनेका फिल्मीकर्मीहरु धेरै छ। अनमोलको नाम जोडिएपछि उक्त फिल्मको चर्चा आफैँमा हुने गर्छ । ती फिल्महरुमा पर्ने नाम हो ब्याचलर बन्टी । करिब ४५ लाख लिएर अनुबन्धित भएको यो फिल्म अनमोलसंग नबन्ने चर्चा खुबै भयो फिल्मका निर्देशक मिलन चाम्सले पनि त्यस्तै भावको उत्तर दिएका थिए ।

पछि फेरी लगत्तै अनमोल र निर्माता सुदीप खड्काले भेट गरी फिल्म बैसाखबाट सुरु गर्ने भदौमा रिलिज गर्ने घोषणा गरियो । तर घोषणा भएको केही दिनमै अनमोलले यस फिल्मबाट हात झिकेका छन् । अनमोलका अनुसार फिल्मको स्क्रिप्टमा चित्त नबुझेपछि फिल्म छाडेका हुन् । अग्रिमरुपमा लिएको १० लाख फिर्ता गरेपछि अनमोलले भने सुरुमा त मैले उहाँहरुसँग काम गर्ने नै भनेर सोचेको थिएँ । तर, स्टोरी खासै चित्त बुझेन । स्क्रिप्ट नराम्रो भनेको चाहिँ होइन उहाँहरुले राम्रो प्रयास गर्नुभएको छ ।

फिल्ममा आफु फिट हुन्छु भन्ने नलागेर फिल्म छाडेको अनमोल बताउँछन् । उनी भन्छन् “जुन क्यारेक्टरमा जति नै प्रयास गरे पनि फिट हुँदिनँ भने त्यो जबरजस्ती रुपमा गर्नु गलत हुन्छ । त्यसैले एग्रिमेन्ट फिर्ता गरेको हुँ” । फिल्म छाडेपछि अनमोल ६ महिनाका लागि ब्रेकमा बस्ने भएका छन् । भर्खरै मात्र ए मेरो हजुर ३ को सुटिङ सकेका अनमोलको क्याप्टेन पनि रिलिजको तयारीमा रहेको छ । महिनै पिच्छे फिल्म आउँने भएपछि पनि अनमोलले ब्याचर बन्टी छोडेको बुझिएको छ ।

यसरी हेर्दा निर्देशक मिलन चाम्सलाई भने लगातार नायकहरुले धोका दिईरहेका छन् । केही समय अगाडी फ्लोरमा जाने तयारीको रहेको अन्तिम बेलामा बिर बिक्रम २ बाट आकास श्रेष्ठले हात झिके भने अहिले अनमोलले । हेरौँ अब ब्याचर बन्टी बन्छ बन्दैन यदि बन्यो भने को बन्लान् ब्याचर बन्टी त्यसको भने प्रतिक्षा हुनेछ । त्यसोत फिल्ममा पल शाह हुने निकै चचौ भईरहेको छ ।

ताजा अपडेट