तीन पूर्वअर्थमन्त्रीलाई राखेर एमालेले मुलुकको आर्थिक अवस्था बारे धारणा सार्वजनिक गर्दै

 

चितवन २७ चैत । मुलुकको आर्थिक अवस्था गम्भिर भएपछि नेकपा एमालेले तीन जना पूर्व अर्थमन्त्रीसहित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा सार्वजनिक गर्नु हुने भएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ः३० बजे पत्रकार सम्मेलन गर्न लागिएको छ। उहाले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने जानकारी दिनुभ यो ।

कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने बताइएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताएउनु भएको थियो ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्न लागेको हो । बिहीबारको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। मुलुकको अर्थतन्त्र जोगाउन गभर्नर अधिकारीले प्रयास गरिरहेको अवस्थामा उनलाई सरकारले निलम्बन गरेको एमालेको आरोप थियो।

शेयर गरौ

ताजा अपडेट