चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

 

चितवन २६ चैत । पूर्वी चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमणबाट मृत्यु भएको हो । बिहान ९ः ०५ बजे घाँस काट्न गएका वृद्धालाई बाघले आक्रमण गरेर जंगल लगेको थियो । प्रहरीको टोलीले खोजी गर्दा धमलाको शरीर क्षतविक्षत भएको अवस्थामा फेला परेको थियो ।

 

शेयर गरौ

ताजा अपडेट