एम्वुलेन्स चालकका अध्यक्षलाई प्रहरीले छाड्यो, अनुगमनमा अवरोध र हडताल नगर्ने सर्त

चितवन समाचार डटकम, फागुन ८ ।
सरकारी टोलीले गरेको अनुगमनमा अवरोध गरी एम्बुलेन्स हड्ताल गरेको कसुरमा भरतपुरमा पक्राउ परेका संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नवराज लामिछानेलाई अब आईन्दा गल्ती नदोहोर्याउने सर्तमा प्रहरीले छाडेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले चितवन समाचार डटकमलाई दिनुभएको जानकारी अनुसार आईन्दा अब आईन्दा एम्बुलेन्सको अनुगमनमा अबरोध नगर्ने सर्तमा लामिछानेलाई छाडिएको हो । “त्यसैमाथी हड्ताल गरेर गम्भिर गल्ती भएको छ, यस्तो अत्यावस्यकीय कुरामा हड्ताल भन्ने कुरा मिल्दै मिल्दैन, यी सबै विषयमा उनलाई महसुस गराएर छाडेका हौं” डिएसपी शाहले भन्नुभयो । लामिछानेलाइ मंगलवार दिउसो पक्राउ गरिएको थियो । बुधवार एक पटक जिल्ला प्रहरी कार्यालयमा हाजिर समेत हुने गरी उनलाई मंगलावार साँझ छाडिएको शाहले जानकारी दिनुभयो ।
जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले जिल्लाका एम्वुलेन्सहरुको दर्ता, नविकरण, विरामी बोकेको वा नबोकेको विषयमा आज अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा संयुक्त एम्वुलेन्स चालक संघ ट्रेड युनियन चितवनले जथाभावी स्थानमा अनुगमन गर्न नपाइने भन्दै हडताल गरे ।
गाउँमा दर्ता हुने तर शहर बजारका अस्पतालमा बिरामी कुरेर बस्ने भन्दै चितवन समाचार डटकमले यस अघि समाचार प्रकाशित गरेको थियो । चितवन सहित अन्य जिल्लामा दर्ता भएका तर चितवनको अस्पतालमा विरामी कुरेर बस्दा सेवाग्राहीले एम्बुलेन्सको सेवा नपाएको गुनासो रहेको छ ।

शेयर गरौ

ताजा अपडेट