चेपाङ महिलाको नियती, २१ वर्षको उमेरमा ४ बच्चा

हेटौँडा –

उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ ।

४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ ।

७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वला रोकिएको छ । रजश्वला रोकिनु, गर्भवती हुनु, बच्चा पाउनु जनको नियतिजस्तै देखिएको छ । बाल्यकालदेखि नै दाहिने खुट्टा गुमाएकी निरमायाको विवाह गाउँकै केटासँग १२ वर्षको उमेरमा भएको थियो । पतिको पनि देब्रे खुट्टा छैन ।

संयोग नै भन्नुपर्छ दुवैको खुट्टा बाल्यकालमा खँगेनामा परेर जलेको हो । छोराछोरी अँगेनाको छेउमा सुताएर दुवैको आमाबाबु दिउँसो कन्दमुल खोज्न जंगल गएको अवस्थामा अँगेनामा खुट्टा परेर जलेको थियो । घर नजिक स्कुल भएर पनि पढ्न नगएकी निरमायालाई अहिले बच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । टाउको लुकाउने एउटा फुसको घर छ ।

यो समाचार  कान्तिपुरमा  छ ।
 

ताजा अपडेट