चितवन, २४ फागुन । नेपालका छापाखाना सञ्चालकहरुको साझा संस्था नेपाल मुद्रण उद्योग महासंघको चौथो अधिवेशनले “खोमकान्त रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु तिवारी, प्रथम उपाध्यक्षमा अरुण सापकोटा र द्वितीय उपाध्यक्षमा राजकुमार घिमिरे चयन भए ।
उपाध्यक्षहरु प्रदेश नं. १ बाट राजनप्रसाद पाठक, मधेश प्रदेशबाट प्रमोद कुमार गुप्ता, बागमती प्रदेशबाट कुयाङ लामा गण्डकी प्रदेशबाट पदमलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट मनोजकुमार जिसी, कर्णाली प्रदेशबाट हिमकुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट नरसिंह धामी रहेका छन्।
महासचिवमा कमलप्रसाद पोखरेल, उपमहासचिवमा अर्जुनप्रसाद सापकोटा, सचिवमा जीवन गोर्खाली, सहसचिवमा मीना सुवेदी ढकाल, कोषाध्यक्षमा सुदिप न्यौपाने, सहकोषाध्यक्षमा गिरिराज गरेर एसोसियट तर्फबाट सदस्यमा वसन्तनारायण बजिमिया निर्वाचित भए सदस्यहरु प्रदेश नं. १ बाट खिलाराज पराजुली र खड्गबहादुर खड्का, मधेश प्रदेशबाट नवलकिशोर राय, वागमती प्रदेशबाट विजय पाख्रीन र खिलनाथ लुइटेल, गण्डकी प्रदेशवाT कृष्णप्रसाद बास्तोला र खगेन्द्रप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट हरिभक्त डाँगी र चण्डीप्रसाद गैरे, कर्णाली प्रदेशबाट सोमराज ढकाल र हिरामणि चौलागाई, सुदुरपश्चिम प्रदेशबाट छत्रबहादुर साउद र मणिकान्त मिश्र निर्विरोध निर्वाचित भए।
खुलातर्फ सदस्यहरु विश्वराम दुबाल, सत्यराम महर्जन, निराजन शाक्य, चण्डी ढकाल, हरि पहारी, राजु पोखरेल, दीपक दाहाल, कृष्णप्रसाद पराजुली, इन्द्रप्रसाद नेपाल, शम्भु शाह र गौराज श्रेष्ठ चयन भए । महासंपका अध्यक्ष पुष्कल गौतमको अध्यक्षतामा भएको अधिवेशन संस्थापक अध्यक्ष उदय नरसिंह बादे श्रेष्ठले उद्घाटन गरेका थिए। अधिवक्ता समुन्द्रप्रसाद पाठकको संयोजकत्वमा गठित समितिले निर्वाचन गराएको थियो।
समापन समारोहमा नवनिर्वाचित अध्यक्ष खोमाकान्त रेग्मीले सबैलाई एकाकार गरेर अघि बढ्ने बताए अधिवेशन समापनपछि लगत्तै बसेको कार्य समितिको बैठकले सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सहयोग पुन्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।