डिभि परेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा भरतपुरका युवक पक्राउ

७ फागुन, काठमाडौँ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेश गरेको अभियोगमा भरतपुर महानगरपालिका–५ विकास चोकका २६ वर्षीय निखिल पराजुली पक्राउ परेका छन् ।
महानगरिय प्रहरी परिसर काठमाण्डौले उनलाई आज पक्राउ गरेको हो ।
अमेरिका जाने डाइभर्सिटी भिसा (डीभी) परेपछि पराजुलीले कक्षा १२ को नक्कली प्रमाणपत्र बनाएर काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेको खुलेकोे छ ।
अमेरिकी दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको प्रमाणपत्र शंकास्पद देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए । प्रहरीले पराजुलीलाई महाराजगञ्जबाट पक्राउ गरी जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । हाल उनी महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट