चलचित्र म यस्तो गीत गाउँछु २ चलचित्र को प्रिमियर शो हुने

चितवन । चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र म यस्तो गीत गाउँछु २ को प्रिमियर शो हुँदैछ । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरुलाई फिल्म हलमा चलचित्र हेर्नका लागि आह्वान गर्दै प्रिमियर शो कार्यक्रम गर्न लागिएको छ । नेपाली सिनेमा बजारको प्रचारप्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागि प्रिमियर शोको तयारी गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की लक्कीुले जानकारी दिनुभयो।

प्रिमियर शो चितवनको सुबिधा सम्पन्न सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा फागुन १२ गते, बिहीबार साँझ ६ बजे गरिदैछ । कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिनुभएका कलाकार संगै चितवनमा बिभिन्न क्षेत्रमा आबद्र रहेका व्यक्तिहरुलाई सम्मान गरिने छ ।

कार्यक्रममा चलचित्र म यस्तो गीत गाउँछु २ का कलाकारहरु संगै अन्य चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिती रहने छ । यस अघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर सिनेमाको कथा लेखेका हुन् । निर्देशक सुदर्शन थापा र अभिनेत्री शर्माको लगानी रहेको सिनेमाका सह निर्माता जन्मजय र साम्पाङ्ग राई हुन् ।

शेयर गरौ

ताजा अपडेट