भरतपुर अस्पतालको स्तर बढ्यो, आजवाट बिशिष्ट बिशेषज्ञ अस्पताल


चितवन समाचारडटकम, ७ फागुन ।

चितवनमा रहेको भरतपुर अस्पताल आजवाट केन्द्रीय सरकारको मातहातमा रहने गरी बिशिष्ट बिशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नती भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले आज अस्पताललाई पत्राचार गरी स्तरोन्नती वारे जानकारी गराउनु भएको हो । मन्त्रीपरिषदको फागुन ३ गतेको निर्णय अनुसार भरतपुर अस्पताललाई आजदेखि भरतपुर बिशिष्ट बिशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोही बमोजीम कार्यान्वयन गर्नु भनि पत्रमा उल्लेख गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नती भएकोमा खुसी व्यक्त गर्नुभयो । अब अस्पतालमा विभिन्न रोगका बिशेषज्ञ सहितका चिकित्सकहरु र सेवासुविधाहरु क्रमश वृद्धि हुदै जाने डाक्टर पौडेलले बताउनुभयो ।
हाल अस्पतालमा सरकारले १ सय ५० वेड सुविधा उपलव्ध गराएको छ । त्यसभन्दा ठुलो संख्यामा ४ सय ५० वटा वेड बिकास समिति मार्फत सञ्चालन गरिएको छ । अव केन्द्रिय सरकारवाटै ५ सय बेड क्षमता उपलब्ध हुनेछ ।
अस्पतालमा अहिले ७७ जना चिकित्सक कार्यरत छन् । जस्मध्ये ४१ जना सरकारी दरवन्दीमा ३६ जना अस्पताल विकास समितिवाट नियुक्त भएका छन् ।

ताजा अपडेट