बैंकले फेरि व्याजदर बढायो

काठमाडौँ १२ माघ ।  बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत असोजको तुलनामा पुसमा वाणिज्य बैंकहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ ।

यही अनुपातमा वाणिज्य बैंकहरूको कर्जाको (नयाँ–पुराना दुवै) ब्याजदर बढेको बैंकहरूले बताएका छन् । सबै बैंकले समान अनुपातले ब्याजदर भने बढाएका छैनन् ।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकको लागत बढेको छ । यसका आधारमा कर्जाको ब्याजदर बढ्नु स्वाभाविक हो,’ उनले भने । यस अवधिमा बैंकको कोषको लागत करिब एक प्रतिशत बढेको छ भने कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्पेड) घटेको छ । ‘यस अवधिमा बैंकहरूको सञ्चालन आम्दानी करिब १० प्रतिशत मात्र बढेको छ,’ उपाध्यायले थपे, ‘यसका आधारमा बैंकहरूको नाफा धेरै भन्न मिल्दैन ।’

शेयर गरौ

ताजा अपडेट