शारीरिक अशक्त मास्टरसाबको ब्यथा ः शरीरपनि अपाङ्ग तलब पनि ‘अपाङ्ग’

 

चितवन समाचार डटकम
७ फागुन । चितवनका राप्ती नगरपालिका वडा नं. ९ घर भएका कर्णबहादुर श्रेष्ठ शारीरिक रुपले अशक्त हुनुहुन्छ । अपाङ शरीर भएपनि १८ वर्षदेखि घर नजिकैको सामुदायिक विद्यालयमा उहाले पढाउदै आउनु भएको छ ।

आफू ७ वर्षको हुदा दुर्घटनामा परी दाहिने हात गुमाउनु भएका उहाले अशक्त भएरपनि विद्यार्थीलाई ज्ञान दिनको लागि कुनै कमी गर्नु भएको छैन । राप्ती नगरपालिका वडा नं. ९को अमृतपानीमा रहेको राष्ट्रिय आधारभुत विद्यालयले निजि स्रोतमा उहालाई राखेको छ । १८ वर्ष अगाडि खुल्ला प्रतिष्पर्धाबाट नाम निकालेर सेवा प्रवेश गर्नु भएका श्रेष्ठले परिश्रम अनुसारको तलब पाउनु भएको छैन ।

प्रवेश गर्दा मासिक १५ सय रुपैया पाउनु भएका उहाले दुइहजार, ५ हजार हुदै अहिले मासिक ८ हजार मात्रै पाउनु हुन्छ । विद्यालयको अन्य आम्दानी नभएको कारण देखाउदै उहाले पाउने तलबपनि मासिक होइन ६ महिनाको एक पटक प्राप्त गर्नु हुन्छ ।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद देवकोटा भन्नुहुन्छ ‘विद्यालय आर्थिक रुपले ज्यादै कमजरोर छ, चन्दा उठाएर उहालाई तलब खुवाउनु परेको छ त्यही पनि समयमा होइन ६ महिनामा एक पटक दिने गर्छौ ।’ चन्दा उठे तलब पाउनु हन्छ नउठे समयमा पाउनु हुन्न । देवकोटाका अनुसार विद्यालयमा शिक्षक दरवन्दी ३ वटा छ । विद्यालयले कक्षा ६ सम्म सञ्चालन गरेको छ । नपुगेका शिक्षकलाई निजी स्रोतमा राखेको छ । दरवन्दी अनुसार शिक्षक भए यहाँ पढाइ होइन विद्यार्थी हेर्ने काम मात्र हुन्छ उहाले भन्नु भयो ।

शारीरिक रुपमा अपाङ्ग शिक्षकको तलब बृद्धिको लागि स्थानीय सरकार, सरोकार पक्षसंग धेरै अनुरोध गरे तर उपलब्धी केही भएन उहाले आफ्नो समस्या सुनाउनु भयो । विद्यालयमा अहिले एकसय भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएका छन् । गरिब विपन्न समुदायका विद्यार्थी अध्ययन गर्न आउने यस विद्यालयको आय स्रोत नभएको प्रधानाध्यापक देवकोटाले बताउनु भयो ।

अपाङ्ग शिक्षक श्रेष्ठले भन्नु भयो ‘बस्ने घर भन्दा बाहेक आफ्नो अन्य सम्पत्ति नभएकाले लगानी गरेर केही पेशा गर्नलाई पनि समस्या छ ।’ उहाले भन्नु भयो ‘यो जागीर खाइरहनु पनि नसक्ने छाड्न पनि नसक्ने अवस्थामा छु, म जस्तो शारीरिक अपाङ्ग भएकालाई सम्वन्धीत निकायले हेर्न सके जीवन जिउन सहज हुने थियो ।’

उहाको तलबाट पाँच जनाको परिवार पालिनु परेको छ । श्रमती, छोरा, वुवाआमा उहाँको घरमा हुनुहुन्छ । निजी स्रोतमा काम गर्दै आएका आफू जस्ता अपाङ्गलाई स्थानीय सरकारले तलव बृद्धि गरेर काम गर्ने उत्साह बृद्धि गर्नको लागि अनुरोध गर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट