चितवन १४ पुस । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अबको बजेटमा शैक्षिक क्षेत्रलाई मात्रै २० प्रतिशत बजेट छुट्याउनु पर्नेमा जोड दिनु भयो ।
अनेरास्ववियु बागमती प्रदेश कमिटीले मकवानपुरमा आयोजना गरेको दुई दिने आवासीय प्रशिक्षण कार्यक्रममा वुधबार सम्वोधन गर्दै उहाले शैक्षिक क्षेत्रको विकासले मात्र देश निर्माणमा टेवा पुग्ने भएकाले बजेटको आवश्यक परेको बताउनु भयो । अहिले शिक्षामा छुट्याउने बजेट अपुग भएकाले विद्यार्थी संगठनले पनि शैक्षिक मुद्दालाई ध्यान दिएर आफ्ना गतिविधि गर्नु पर्नेमा जोड दिनु भयो ।
सरकारसंग शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नको लागि आजैदेखि दवाव दिन अखिललाई निर्देशन दिनु भयो । विद्यार्थी संगठनले शैक्षिक विषयहरु उठान गर्ने हो अब सरकारले आउदो बजेटको तयारी गर्ने समय आएको छ अहिलेदेखिनै शिक्षामा बजेट वृद्धि गर्न दवाव दिन जरुरी छ ।
उहाले अखिलको मुल मुद्दा नै शैक्षिक बनाएर अगाडि बढ्न निर्देशन दिनु भयो । आउदो दिनमा अखिल कस्तो बन्ने हो त्यसको सुरुवात अहिलेदेखिनै हुनु पर्दछ उहाले भन्नु भयो शैक्षिक मुद्दा कम राजनीतिक विषय धेरै हुन थालेको छ यस विषयमा गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।
अध्ययनमा युवा पुस्तालाई ध्यान दिनको लागि अखिलको भूमिका हुन्छ । अवको समाज कस्तो बनाउने भन्ने विषयमा अखिलको ध्यान जानु जरुरी छ उपाध्यक्ष पाण्डेले भन्नु भयो राम्रा डाक्टर, ईन्जिनियर उत्पादन हुनु पर्दछ । त्यसको लागि अखिलले शैक्षिक मुद्दा र विद्यार्थीलाई अध्ययनशीलतामा लाग्नको लागि कार्यक्रम ल्याउन जोड दिनु भयो ।
त्यस्तै गरी प्रक्षिणमा उपाध्यक्ष पाण्डेले आजको समाज, पछिल्लो प्रविधि, पार्टीको अर्थ नीति, समाजवादको आधारका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले युवा विद्यार्थीनै भोली पार्टी सञ्चलन गर्ने स्थानमा पुग्ने भएकाले अध्ययनशील हुनु पर्नेमा जोड दिनु भयो । समाजको समस्या र विकासका विषयमा पनि अध्ययन गरेर मात्र जानकारी दिन सकिने भएकाले अखिलले युवाको भविश्यको विषयमा चिन्ता गर्नु पर्ने बताउनु भयो ।