चितवन, २ पुस । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले महिलालाई उद्यमी बनाउन विशेष कार्यक्रम ल्याउने तयारी भएको बताउनु भयो ।
चितवन उद्योग संघको आयोजनामा भरतपुरमा शुक्रबारदेखि सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय औैद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाले उद्यमी क्षेत्रमा आउने महिलालाई विशेष सहुलियत दिएर योजना र।हेको बताउनु भयो । महिलाको नाममा दर्ता भएका उद्योगलाई छुटदेखि अझ धेरै सहुलियत दिने तयारी भएको बताउनु भयो ।
विषेशगरी घरेलु तथा साना उद्योगमार्फत महिलाहरूको सीप तथा क्षमताको विकास गराउने काम गर्ने जानकारी दिनु भयो । उहाले यस्ता प्रदर्शनीमा महिलाले उत्पादन गरेका सामग्री तथा महिला उद्यमीका साना उद्योगको बारेमा जानकारी दिन राखिएको स्टल धेरै प्रभावकार िहुने बताउनु भयो । प्रदर्शनीबाट महिलाहरूले आफ्नो सीप र क्षमता प्रदर्शन गर्न पाएको भन्दै आउदा दिनहरु सहज हुने बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभाका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले चितवनको शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रको काम अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । चितवन उद्योग संघको सक्रियतामा नेपाल सरकारले निर्माण गर्न लागेको औद्योगिक क्षेत्रको कामलाई उद्योग संघसहित जनप्रतिनिधिको पहल अझ व्यापक वृद्धि गर्नु पर्ने बताउनु भयो ।
पुस ४ गतेसम्म चल्ने प्रदर्शनीमा भारतीय ५० वटा स्टलसहित २०० स्टल रहेको छ । प्रवेश निःशुल्क गरिएको प्रदर्शनीमा घरेलु तथा साना उद्योग, नेपाली उद्योग तथा कलकारखानामा आवश्यक उत्पादनहरू राखिएको छ । प्रदर्शनीबाट देशभरका उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीहरूलाई टेवा पुग्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताजानकारी दिनुभयो ।
फोटो क्याप्सन ः भरतपुरमा शुक्रबारबाट सुरु भएको अन्तर्राष्ट्रिय औैद्योगिक प्रदर्शनी । फोटो शालिग्राम नेपाल । चितवन


