“निकुञ्ज ऐन शंसोधन गरौं, बिकास नरोकौं”–सुरेन्द्र पाण्डे

चितवन समाचार डटकम , फागुन ६ ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटिका सदस्य एवम् पूर्व अर्थ मन्त्री सुरेन्द्र पोण्डेले सरकारले निकुञ्ज ऐन संसोधन गरेर जनचाहाना वमोजीम विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ ।

चितवन समाचार डटकम संग आज भरतपुरमा कुराकानी गर्दै नेकपा नेता पाण्डेले जनताको चाहाना अनुसार पुराना ऐन कानुन लाई संसोधन गर्दै जानुपर्ने बताउनुभयो ।
“जनताको चाहाना एकातिर, विधी र नियम अर्को तिर हुदाँ समस्या आईरहन्छ, हजारौं जनताको बसोबास रहने क्षेत्रलाई बिकासवाट वञ्चित गरिनुहुन्न, नेता पाण्डेले भन्नुभयो , सरकारले ऐन संसोधन गरेर अघि वढ्नु पर्दछ ।”

 

चितवन राष्ट्रिय निकुञ्ज भित्र सडक निर्माण नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि माडीका स्थानीय जनप्रतिनीधि सहितका अगुवाहरुले विरोध गरिरहेका छन् ।
फरक प्रसंगमा नेता पाण्डेले पार्टीका तल्ला ईकाईका एकता प्रक्रिया टुंग्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

एकता कार्यदलका सदस्य समेत रहनुभएका पाण्डेले अव सचिवालय र कार्यदलको संयुक्त वैठक बस्ने जानकारी दिनुभयो । शीर्ष नेताहरुको ब्ययस्तता, पटक पटकको कार्यदल निर्माण जस्ता प्राविधि विषयले यसमा ढिलाई भएको पाण्डेले बताउनुभयो ।
तल्लो ईकाईका एकिकरण हुन वाँकी रहेकाले पनि सरकारको कामकारवाहीको आवश्यक प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।
सबै ईकाईमा उत्साहपूर्ण क्रियाशिलता आएपछि सरकारको कामकारवाहीको प्रचारप्रसार पनि वढ्छ, आलोचना पनि घट्छ , पाण्डेले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट