पोखरेलले गरे निर्वाचनको बाचा पूरा

चितवन २३ साउन  । भरतपुर १० स्थित रमाईलो चोकदेखि ज्ञानदर्शन चोकसम्मको सडक कालोपत्रे भएको छ । संघिय सरकारबाट त्रिबर्षिय योजना अन्तर्गत सडक कालोपत्रे तथा ढल ब्यवस्थापनको लागि विनियोजीत कुल ६७ लाख रुपैयाको लगानीमा सडक कालोपत्रे गरीएको हो । प्रतिनिधी सभा सदस्य तथा चितवन क्षेत्र नं. २ का साँसद कृष्णभक्त पोख्रेलको सहजीकरण र रमाईलोचोकदेखि ज्ञानदर्शन चोकसम्मको ढल तथा सडक निर्माण समितीको सक्रियतामा कुल ३ सय ४२ मिटर सडक कालोपत्रे तथा ४९० मिटर स्लावसहितको ढल निर्माण गरी शुक्रबार बिहान उद्दघाटन गरीएको छ ।

पोख्रेलको मुख्य प्राथमिकतारहेको यो आयोजना सम्पन्नहुँदा आफ्नो ८ बर्षअधिको सपना पुरा भएको बताएको छन् । उद्दघाटन समारोहलाई सम्बोधन गर्दै नेता पोख्रेलले अब बिगतका बर्षहरुमा बर्षायामको समयमा सर्वसाधरणले खेप्दै आएको सास्तीबाट मुक्त भएको भन्दै आगामी दिनमा पनि बिकास निर्माणका कार्यहरुमा सक्रियता बढाउन आग्रह रहेनेकुरा बताएका छन् ।

उनले आफ्नो क्षेत्रमा बिकास निर्माणका कार्यहरु धेरै बाँकी रहेको भन्दै आम सर्बसाधरणले यसतर्फ सक्रियता बढाए आफु पनि हरतरहले पहल गर्न तयार रहेको बताएका छन् साथै आफू चितवनबाट चुनावमा लड्दै गरेकोबेला बोलेको एउटा मुख्य काम पूरा भएको र अझै यस्ता कार्य निरन्तर भइरहने बताएका छन् ।

सोही अबसरमा बोल्दै भरतपुर महानगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष तथा महानगर प्रवक्ता अरुणपिडीत भण्डारीले स्थानियहरुको मेहनत र सक्रियतामा सडक निर्माण कार्यले पुर्णता पाएको भन्दै निर्माण समितीलाई आगामी दिनमा पनि बिकास निर्माणमा जोड दिनुपर्ने बताए भने कार्यक्रमका सभाध्यक्ष तथा सडक निर्माण समितीका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले कार्यसमिती सदस्य, उपभोक्तालगाएत हरेक क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन प्रकट गरेका छन ।

शेयर गरौ

ताजा अपडेट