चितवन ११ असार । चितवनका अस्पतालमा शुक्रबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा २ जना चितवनका मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
चितवनमा पछिल्लो २४ घन्टामा ८६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरण अनुसार शुक्रबार एकैदिन ८६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या १०७ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
भरतपुर महानगरमा ५१, खैरहनीमा ५, माडीमा ५, रत्ननगरमा ९, राप्तीमा ५, कालिकामा १० र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ८३७ पुगेको छ ।
हस्पिटल आइसोलेसनमा १०४, होम आइसोलेसनमा ८८९जना र पब्लिक आइसोलेसनमा ३० रहेका छन् । १४ हजार ५३८ जना हालसम्म संक्रमणमुक्त भएका छन् । २७६ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।