कालिका नगरपालिकाको बजेट : चेपाङ वस्तीमा कालोपत्रे सडक निर्माण योजना

चितवन १० असार । चितवनको कालिका नगरपालिकाले सिद्धी र शक्तिखोरको पहाडी क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्ने योजना ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै सडक निर्माणमा जोड दिएको हो । चेपाङ वस्ती रहेको सिद्धी र शक्तिखोरको पहाडी क्षेत्रमा सडक निर्माण गरेर कालोपत्रे कार्यक्रम ल्याएको कालिका नगरपालिका प्रमुख खुमनाराण श्रेष्ठले जानकारी दिनु भयो । भौतिक निर्माणमा हामीले जोड दिएका छौ सडक निर्माणपछि त्यहाँ उत्पादित सामग्री सजिलै बजार ल्याउन सकिन्छ उहाले भन्नु भयो ।
नगरपालिकाले नवौं नगरसभामा आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्व ७ करोड २२ लाख ३९ हजार रुपैयाँ वरावरको बजेट सार्वजनिक गरेको हो । नगरसभामा नगरपालिकाकी उपप्रमुख कमला भट्टराईले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ वडा र राजस्व शाखाबाट ४ करोड,रजिष्ट्रेसन शुल्क मालपोत बाट ४ करोड ,राजश्व वाडफाड खोला जन्य बाट एक करोड, संघिय सरकारतर्फ सशर्त अनुदानवाट २४ करोड ७ लाख ,सामानिकरण अनुदानबाट १४ करोड ६९ लाख ,राजश्व बाडफाडबाट ९ करोड ५७ लाख ६२ हजार,समपुरक अनुदानबाट १ करोड ४५ लाख आय हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकार तर्फ सामानिकरण अनुदानबाट १ करोड २५ लाख ७२ हजार,सशर्त अनुदानबाट २ करोड १९ लाख ४४ हजार , राजस्व बाँडफाडबाट ४ करोड ७४ लाख ६२ हजार , समपुरक अनुदानबाट २ करोड ९९ लाख ८८ हजार र विशेष अनुदानबाट ३० लाख आय हुने अनुमान गरिएको उपप्रमुख भट्टराईले जानकारी दिनु भयो ।
नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमितको उपचारलाई प्रभावकारी वनाई समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने नीति लिएर आगामी आर्थिक वर्षको लागि स्वास्थतर्फ २ करोड ९३ लाख ६५ हजार रुपैयाँ विनीयोजन गरेको छ । उत्पादनमा आत्मनिर्भर वन्दै गएको नगरपालिकाले कृषि र पशुपालन ब्यवसायीलाई थप सहुलियत प्रदान गरि प्रतिस्प्रधी,ब्यवस्थित,गुणस्तरिय र निर्यातयोग्य वनाउने उद्देश्य लिएर कृषितर्फ ४९ लाख रकम विनीयोजन गरेको छ ।
त्यस्तै शैक्षीक पुर्वाधार निर्माणलाई निरन्तरता दिदै सामुदायिक शिक्षालाई गुणस्तरिय वनाउने लक्ष्य लिएर नगरपालिकाले आगामी आर्थिक वर्षका लागी शिक्षातर्फ २ करोड ३९ लाख २८ हजार रकम विनीयोजन गरिएको उपप्रमुख भट्टराईले वताउनु भयो ।

 

शेयर गरौ

ताजा अपडेट