वृद्ध भत्ता वृद्धि : साउनबाट मासिक ४ हजार

काठमाडौ १५ जेठ । सरकारले जेष्ठ  नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर  मासिक ४ हजार पुर्याइएको हो।

आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।
सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।

शेयर गरौ

ताजा अपडेट