व्यवसायीहरु आधुनिकतामा रुपमान्तरण हुनु पर्दछ : पूर्व अर्थमन्त्री पाण्डे

 

चितवन । पूर्व अर्थमन्त्री तथा नेकपाका स्थायी aकमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालका व्यवसायीहरुले उद्योग र व्यापारलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।
रत्ननगर उद्योग वाणिज्य संघको २१ औं साधारण सभा आइतबार उद्घाटन गर्दै उहाले देशमा उद्योग व्यापार फष्टाउन सकेमात्र संमृद्धि हांसिल गर्न सकिने धारणा राख्नु भयो । विश्वको अर्थतन्त्रसंग प्रतिष्पर्धा गर्न सक्ने योजनामा नेपालका उद्योगी व्यवसायीको ध्यान जानु पर्ने बताउनु भयो ।
उहाले परम्परावादी व्यपार व्यवसायबाट माथि उठ्नको लागि अनुरोध गर्नु भयो । उहाले भन्नु भयो ‘विकसित मुलुकमा आर्थिक सुधारका धेरै नयाँ उपलब्धीहरु आएका छन्, त्यस्ता विकास यहाँका उद्यागी व्यवसायीले सिक्नु पर्दछ ।’
नेपाल र गरिव मुलुकमा हरेक क्षेत्रका व्यक्तिले राजनीति विषयलाई प्राथमिकता राखेर काम गर्ने भएकाले आर्थिक क्षेत्रको विकास हुन नसकेको बताउनु भयो । आर्थिक क्षेत्रमा लागेकाहरुले कसरी आय आर्जन गर्न सकिन्छ यहाँको चुनौती र समाधान के हो भन्ने विषयमा ध्यान दिन सुझाव दिनु भयो । राजनीति गर्ने कुरा राजनीतिक दलहरुलाई छाडिदिन अनुरोध गर्नु भयो ।
उद्योगी व्यवसायीले आफ्ना क्षेत्रमा भए गरेका उपलब्धी नयाँ विकासको वारेमा अध्ययन गरेर त्यस्तै प्रविधि नेपाल भित्राउने, विकास गर्ने र व्यापार गर्न सक्नु पर्नेमा जोड दिनु भयो । उहाले आर्टिफिसियल इन्टिलिजेन्सको विषयमा ध्यान दिन अनुरोध गर्नु भयो । मानव रहित प्रविधिहरु आएका छन् जसले धेरै काम गर्न सक्दछ । मानिसको दिमागले के सोचिराखेको छ । थोरै जनशक्तिबाट धेरै काम गर्न सक्ने त्यस्ता प्रविधिहरु, मानिस घर बाहिर रहेर पनि घरमा काम गर्न सक्ने त्यस्ता प्रविधिको विकास भएका छन् । विश्वमा भएका यस्ता प्रविधिको प्रयोग विकासको विषयमा नेपालका उद्यमी व्यवसायीले सोचेर व्यापार व्यवसाय गर्नलाई सुझाव दिनु भयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।
सोमवार विहानबाट सुरु हुने मतदानबाट बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली काँग्रेस निकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन । संघको वरिष्ठ उपाध्यक्ष सहित २१ पदमा निर्वाचन हुँदै छ । त्यसका लागि ४३ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन ।
मतदानमा बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हुदैछ ।

शेयर गरौ

ताजा अपडेट