नेकपा निकट उमेदवारको दावी प्यानलनै विजयी हुनेछौ

चितवन २५ मंसिर । रत्ननगर उद्योग बाणिज्य संघको यही मंसिर २८ र २९ गते हुने अधिवेशन अन्तर्गत हुने निर्वाचनमा नेकपा निकटका व्यवसायीहरुको प्यानलले ४२५ मतले अगाडि रहेको दावी गरेका छन । निर्वाचन परिचालन समितिले विहीवार गरेको पत्रकार सम्मेलनमा कुल १३२५ मतदाता मध्ये नेकपा निकटका व्यवसायीको पक्षमा करिब ९०० मत प्राप्त हुने दावी गरिएको हो ।
व्यवसायिक सुरक्षा,सामाजिक विकास,बजार व्यवस्थापन र आर्थिक विकास लगायत स्पष्ट खाकाँ सहित निर्वाचनमा होमिएको सो प्यानले जीन नजिक पुगेको बताएको छ । पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार सफल तथा कुशल व्यवसायी शंकर गिरीले व्यवसायिक सुरक्षा प्रमुख विषय भएकाले जीतसंगै व्यवसायिक सुरक्षालाई प्राथमिकता दिएर काम गर्ने बताए ।
पूर्वी चितवनको आर्थिक र सामाजिक विकासको लागि स्थानीय तहसंग सहकार्य गरी अर्थपूर्ण काम गर्ने भन्दै उनले कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यको चौतर्फी विकासमा ध्यान के,िन्द्रत गरिने प्रतिबद्धता जनाए । संघको संस्थागत विकास,सहकार्य र साझेदारी,व्यवसायको प्रर्बद्धनात्मक कार्यगर्दै बजार व्यवस्थित गर्ने,उद्योग व्यवसायको विकास गर्दै रोजगारी सृजना गर्ने एजेण्ड सहित नेकपा निकटका व्यवसायीहरु निर्वाचनमा होमिएका छन ।
बरिष्ठ उपाध्यक्षका उम्मेदवार गिरीले वालश्रम न्यूनीकरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै संघको क बर्गको स्तरउन्नतीलाई जोगाउदै रचनात्मक र जनसेवी काम गर्ने प्रतिबद्धता जनाए । नेकपा निकटका व्यवसायीका प्यानलबाट बणिज्य तर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ,उद्योत तर्फको उपाध्यक्षमा पुरु खनाल,एशोसियट उपाध्यक्षमा राममणि थपलिया,महासचिवमा निराजन खनाल,कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्यले उम्मेदवारी दिएका छन ।
बाणिज्य सदस्यको लागि अर्जुन बस्ताकोटी,इश्वरी प्रसाद अर्याल,रामशरण नेपाल,सुन्दरमणि सुवेदी,सुरेन्द्र दुवाडी,सुर्यप्रकास रेग्मी,प्रकासमणि सापकोटा,उत्तम घिमिरेको उम्मेदवारी दिएका छन । उद्योग तर्फ सदस्यको लागि अनुप विसुराल,सुवास मिश्र,उद्धबकुमार कोइराला,रामप्रसाद पाण्डे,महेन्द्र घिमिरे,विरञ्जना सापकोटाको उम्मेदवारी परेको छ । महिला सदस्यको लागि निर्मला सुवेली,एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर तथा बस्तुगत सदस्यको लागि कृष्ण सेढाईको उम्मेदवारी दिएका छन ।

शेयर गरौ

ताजा अपडेट