चितवनका सबै इटा उद्योग यस वर्ष बन्द

चितवन, २५ कात्तिक । कोरोना महामारीको कारण काम गर्न नसकेको भन्दै चितवनका सबै इटा उद्योग यस वर्ष बन्द हुने भएका छन् ।
मजदुर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इटा उद्योग बन्द हुने भएका हुन् । गत वर्ष यही समयमा दर्जन उद्योगले चिम्नीमा आगो लगाएर काम गरिसकेका हुन्थिए । तर यस वर्ष उद्योग सञ्चालकले मजदुर ल्याएका छैनन् ।
इटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिनु भयो । ‘चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन’ उहाले भन्नु भयो ‘तराइ र भारतबाट मजदुर ल्याउनु पर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।’
उहाँका अनुसार जिल्लामा १८ वटा उद्योग छन् । गत वर्ष सवै उद्योगले आफ्ना उत्पादन निकालेका थिए । यस वर्ष मजदुर अभावले नै माटो मुछ्ने, ओसार्ने, पोल्ने, बोक्ने लगायतको काम नहुने भएपछि वन्द गरिएको हो उहाले भन्नु भयो । जिल्लाका साना एक दुइ वटा चलेपनि अन्य सवै बन्द हुनेछन् उपाध्यक्ष सापकोटाले भन्नु भयो ।
अन्य जिल्लामा पनि मजदुरलाई काममा लगाउन सहज अवस्था नभएकाले यस वर्ष इटा उद्योग धेरै बन्द हुने उहाँको भनाइ छ ।
महादेव इटा उद्योगका सञ्चालक निरञ्जन थापाले भन्नु भयो अहिले चलाउन सकिने अवस्था छैन । असोज महिनादेखि नै तयारी गर्दै आएका थियौ अहिले केही तयारी छैन मजदुरको अभाव छ कच्चा सामग्री पनि ल्याएका छैनौ त्यसैले यस वर्ष उद्योग बन्द गर्नेछौ ।
गत वर्षपनि मंसिर महिनादेखि फागुनसम्म पटकपटक वर्षा हुदा वनाएको इटा गलेर नोक्सान भएको थियो । दुइ वर्षदेखि उद्योगीलाई घाटा भएकाले अहिले चलाउन सकिने अवस्था छैन जिल्ला अध्यक्ष समेत रहनु भएका सापकोटाले भन्नु भयो । गत वर्ष मंसिर, पुस, माघ र फागुनमा पानी पर्दा करोडौ रुपियाँ घाटा लागेको थियो । त्यो घाटाको रकम उठाउन सकिएको छैन । अहिले फेरि यस्तो जोखिममा उद्योग सञ्चालन गर्दा कुनै एक मजदुरलाई कोरोना संक्रमण भए काम पुरै बन्द गर्नु पर्ने हुन्छ त्यस समयमा अझ धेरै नोक्सान हुने डरले उद्योगहरु खोल्ने पक्षमा छैनन् सापकोटाले भन्नु भयो ।

ताजा अपडेट