बागमती प्रदेश बचत तथा ऋण सहकारीमा संघमा खड्का चयन

चितवन २४ कार्तिक ।   बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा चितवनका सहकारी अभीयान्ता तेजेन्द्रबहादुर खड्का चयन हुनु भएको छ ।                    काभ्रेको बनेपामा कात्तिक २१ र २२ गते भएको साधारणसभाले संचालक समितिमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकोतर्फबाट प्रतिनिधित्व गर्दै सहकारी अभियन्ता खड्का सर्वसम्मत रूपमा संचालक सदस्य पदमा निर्वाचित हुनु भएको हाे ।

बागमती प्रदेशका १३ जिल्लाका जिल्ला संघ र प्रारम्भिक साकोसहरुको सहभागिता रहेको उक्त साधारण सभालाई पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निबर्तमान अध्यक्ष एवम् सहकारी अभिभावक केशव बडालले उद्घाटन गर्नु भएको थियो । साधारण सभामा प्रमुख अतिथि बडालले मुलुकको समृद्धि र जनताको जीवन स्तर माथी उठाउन सहकारीको अहम् भूमिका रहेको छ र त्यसमा पनि बागमती प्रदेश देशभरिका अन्य प्रदेश भन्दा धेरै सहकारी संस्था रहेको र बित्तिय कारोबार पनि सबैभन्दा धेरै रहेकोले सहकारीले यस प्रदेशका जनताको जीवन स्तर माथी उठाएको बताउनु भयो । यस प्रदेशमा राम्रा र ठूला कारोबारका संस्थाहरु धेरै भए पनि केहि बिकृती पनि रहेकोले त्यस्तालाई नियमन गरी सुधार गर्नुपर्ने प्रमुख अतीर्थी बडालले बताउनु भयो ।
साधारणसभामा महासंघका अध्यक्ष मिनराज कंडेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बि. उप्रेतीसमेतले मन्तव्य राख्नु भएको थियो । साधारणसभा सभाले उद्धव सापकोटाको अध्यक्षतामा १७ सदस्यीय संचालक समिति र केशवप्रसाद दंगालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । साधारणसभाले चालू आव भित्रमा एक अर्ब पूंजी पुर्‍याउने र सदस्य संख्या ७५० पुर्‍याउने निर्णय समेत गरेको छ ।

शेयर गरौ

ताजा अपडेट