निजी क्षेत्रका अगुवा संग प्रम ओलीको छलफल

काठमाडौं ,२१ भदौ । प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा आेलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि अायाेजना गर्नुभएको छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस माेर, हरिभक्त शर्मा र शेखर गाेल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूकाे तर्फबाट अाअाफ्ना सुझावहरू प्रस्तुत गर्नुभएकाे छ । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलाे पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र काेराेनालाई हाैवाकाे विषय नबनाउन अनुराेध प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएकाे छ ।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सराेकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेकाे अध्ययन र संबाेधनकाे बारेमा स्पष्ट गर्नुभएकाे छ ।
आफ्नाे संबाेधनका क्रममा प्रधानमन्त्रीज्यूले नागरिककाे जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्नुहुँदै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलाे क्षति भाेग्नुपर्नेतर्फ सबैकाे ध्यानाकर्षण गर्नुभयाे ।
उहाँले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेकाे समेत उल्लेख गर्नुभयाे ।
काेभिड -१९ बारेकाे सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई अातंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उहाँले निर्देशित दिनुभयाे ।
उहाँले नेपाली जनता कसैलाई भाेकै बस्न नदिन सरकार लागिपरेकाे बताउनु हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत अाह्वान गर्नुभयाे । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेकाे प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएकाे तथ्यमा पनि प्रकाश पार्नुभयाे । काम गरेर खान नेपालमा समस्या नरहेकाे स्थिति पनि उहाँले स्पष्ट पार्नुभयाे र भन्नुभयाे – भाैतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू याे अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि अाह्वान गर्नुभयाे । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठाै मुलुक नेपाल रहेकाे यथार्थले हामीकहाँ कामकाे कमी छैन भन्ने देखाउने उहाँकाे तर्क थियाे ।
काेराेनाकाे विषयमा मनाेवैज्ञानिक आतंक नफैलाई नागरिककाे मनाेबल बढाउनुपर्नेमा उहाँले विशेष जाेड दिनुभयाे ।
करिब अढाई घण्टासम्म चलेकाे आजकाे छलफलकाे आयाेजनाका निम्ति निजी क्षेत्रका नेतृत्वकर्ताहरूले सरकार र प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद र अाभार व्यक्त गर्नुभएको छ । ( समाचार स्राेत : प्रधाानमन्त्रीका प्रेेस सल्लाकार सुर्य थापाकाे पाेष्टबाट साभार )

शेयर गरौ

ताजा अपडेट