पत्रकार अधिकारीले गरे विवाह भोजको रकम कोरोना राहत कोषमा सहयोग

चितवन , २८ असार । चितवनका पत्रकार दिपेन्द्र अधिकारीले विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गर्नु भएको छ ।

भर्खरै विवाह गर्नु भएका  अधिकारीले भोजका लागि छुट्टाइएको खर्च एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गर्नुु भएको हो ।

इच्छाकामना गाउँपालिका–३ कमेरे घर भएका अधिकारी असार १४ गते कालिका–९ की सिर्जन भण्डारीसँग विवाह गर्नु भएको थियो । सामाजिक दूरी कायम गर्दै सिमित उपस्थितिमा विवाह गरेपछी  भोजको खर्च कोरोना राहत कोषमा जम्मा गरेको अधिकारीले जानकारी दिनु भयो ।

नगद एक लाख रुपैयाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई हस्तान्तरण गर्नु भएको थियो । अधिकृत लम्सालले उक्त रकम लकडाउन प्रभावितहरुको सहयोगमा खर्च गरिने बताउनु भयो ।

सामाजिक क्षेत्रमा समेत सकृय सहभागिता देखाउदै आउनु भएका अधिकारी सप्तगण्डकी बहुमुखी क्याम्पसमा पत्रकारिताको विषयमा अध्यापन गराउदै आउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट