चितवन, २० असार :
देश कोभिड १९ कोरोना भाईरसका कारण बन्दाबन्दीमा छ । सबै क्षेत्र सँगै शैक्षिक क्षेत्र समेत प्रभावित भएको छ । यसबिचमा सरकारले विभिन्न माध्यमबाट शैक्षिक गतिबिधी गर्न समेत भनिरहेको छ ।
भरतपुर १२ मा रहेको प्रेरणा स्कुलले आफ्ना विद्यार्थीहरुलाई नियमित रुपमा अनलाईन कक्षाका माध्यमबाट पठनपाठन गराएको स्कुलका प्राचार्य मोहन लामाले बताउनुभयो । प्याव्सन चितवनको सचिव समेत रहनुभएका लामाले अब अनलाईन मार्फत शैक्षिक गतिबिधी गर्नु बाहेक अरु विकल्प नरहेको बताउनुभयो । “ विभिन्न माध्यमबाट पढाई भएको छ । रेडियो, टेलिभिजनबाट नि भएको छ ।” उहाँले भन्नुभयो, “यो समय अब त्यसै बसेर बिताउने हैन ।”
लामो समय विद्यार्थीहरु घर बसेको भन्दै यो समयमा परिवारबाट जिवन उपयोगी शिक्षा समेत विद्यार्थीले सिकेको बताउनुभयो । परिक्षा स्थगित भएर बसेका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेत दैनिक २ घण्टा अनलाईन कक्षा मार्फत पठनपठान गराईएको छ ।
प्राचार्य लामाका अनुसार विद्यार्थीलाई दिइएको गृहकार्य सामाजिक दुरी कायम गरि जम्मा गरि जाँच गरिएको छ ।
प्रेरणा स्कुलले प्रत्येक दिन ४० मिनेटकोे अनलाईन कक्षा संचालन गरको स्कुलका सहायक प्राचार्य अविनाश अधिकारीले जानकारी दिनुभयो । विद्यालयले दैनिक बिहान ७ बजेबाट ९ बजे सम्म र साँझको समयमा ५ बजेदेखि ७ बजे सम्म प्रि प्राईमरी देखी कक्षा ५ सम्म संचालन गरेको छ ।
त्यसैगरि कक्षा ६ देखि १० सम्म प्रत्येक दिन बिहान १० देखि ४ बजे सम्म कक्षा संचालन भएको छ ।