चितवन समाचार डटकम, १२ असार ।
भरतपुर महानगरपालिकाले पारीत गरेको आर्थिक बर्ष २०७७/०७८ काे बजेट , नीति तथा कार्यक्रमलाई उधाेग बाणिज्य संघ चितवनले स्वागतयाेग्य रहेकाे जनाएको छ ।
संघका अध्यक्ष राजु श्रेष्ठले आज एक बक्तव्य जारी गरि काेराेनाले मारमा परेका ब्यवसायीहरुलाई केहि करहरु छुटकाे घाेषणाले राहत मिलेकाे उल्लेख गर्नुभएको छ ।
महानगरले पर्यटन एवम् मनाेरञ्जन ब्यवसायलाई २५%, अन्य ब्यवसायलाई १५% र घरवहालमा ७% करछुटकाे घाेषणा गरेकाेमा अाभार ब्यक्त गर्दछाै- संघकाे बक्तव्यमा भनिएको छ । यसले ब्यवसायीलाई केही हद सम्म भएपनि राहत प्रदान गरेकाे संघले जनाएको छ ।
स्थानीय रुपमा उपलब्ध श्राेत र साधनकाे उच्चतम सदुपयाेग गर्दै बिकासकाे लागि सार्वजनिक -नीजी साझेदारी अवधारणा अवलम्बन गर्ने महानगरपालिकाकाे धारणा प्रति संघ सम्मान ब्यक्त गर्दछ – बक्तब्यमा भनिएको छ ।
महानगरपालिकाकाे समग्र बिकासमा आगामि दिनहरुमा पनि सहकार्य गर्ने संघले प्रतिवद्धता ब्यक्त गरेकाे छ ।