चितवन समाचार डटकम,११ असार ।
भरतपुर स्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाकाे स्वावमा काेराेना संक्रमण देखिएको छ ।
भरतपुर अस्पतालले अाज दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य हिजाे गरिएको परिक्षणमा यति ठुलाे संख्यामा पाेजेटिभ देखिएको हाे ।
उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।
यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाकाे स्वावकाे नतिजा भने नेगेटिभ अाएकाे छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परिक्षण गरिएको थियाे ।


