सांसद पोखरेलले ल्याए चितवन २ मा विकासका दर्जनौ योजना

चितवन समाचार डटकम,
१० असार । चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले आर्थिक वर्ष २०७७ ÷०७८ का लागि संघीय बजेट मार्फत आफ्नो क्षेत्रमा विकास निर्माणका दर्जनौ योजनालाई अघि सार्नु भएको छ ।
जिल्लाको सदरमुकाम भरतपुरदेखि विकट पहाडी क्षेत्रमा पुग्ने सडक निर्माणदेखि अन्य क्षेत्रमा दर्जनौ योजनाहरु रहेका छन् । सांसद पोखरेलका अनुसार ठुला योजनाहरुमा शक्तिखोर फिसलिङ सडकको लागि ७८ करोड, वाइपास सडकका लागि १२ करोड रुपियाँ, भरतपुर ११ को बसेनी लामा टोल सडकलाई दुइ करोड रुपियाँ विनियोजन भइ काम भइराखेको छ ।
त्यस्तै गरी भोर्ले दाहखानी सडकमा दुइ करोड ४० लाख, जुगेडी तान्द्राङ चौकिडाडा सडकका लागि दुइ करोड ४० लाख, कालिका नगरपालिकाको मिलिजुली चोक हुदै निर्माण हुने सडकका लागि दुइ करोड रुपियाँ स्वीकृत भइ काम सुरु भएको, कालिका नगरपालिकाको रिङरोड, देवघाटको विद्युतीय शवदाह, पहाडी क्षेत्र, कालिका नगरपालिकालगायतमा खानेपानीका योजनाहरु, मन्दिर निर्माण लगायतमा बजेट विनियोजन गरिएको छ ।
सडक निर्माणले यहाँको विकासमा महत्वपूर्ण योजदान हुने सांसद पोखरेलले बताउनु भयो । पहाडी क्षेत्र भइराखेको सडक निर्माण, खानेपानी, देवघाटको विद्युतीय शवदाह निर्माणलगायतका कार्यक्रमले जनतालाई प्रत्यक्ष लाभ हुने बताउनु भयो ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहनु भएका पोखरेलले जनताको आवश्यकताको आधारमा कार्यक्रमहरु निर्माण गरिएको जानकारी दिनु भयो ।
यस क्षेत्रमा बजेट आउनमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे समेतको भूमिका महत्वपूर्ण रहेको जानकारी दिनु भयो । निर्वाचन क्षेत्र नंं. २ मा अहिले ७९ वटा विकास निर्माणका योजनाहरु रहेका छन् ।
योजनाका नाम र बजेटको सूची

 

शेयर गरौ

ताजा अपडेट