काठमाडौँ ८ असार । सुनको मूल्य बढ्ने क्रम जारी छ। सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि ४ सय रुपैयाँ बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


