सुनकाे भाउ उकालाे लागेकाे लाग्यै : आज तोलाको ९० हजार ६ सय

काठमाडौं, असार ७ । सुन चाँदीको भाउ निरन्तर उकालो लागेको छ । आज अहिलेसम्मकै सर्बाधिक मूल्य कायम भयाे ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ६ सयको नयाँ उचाई कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार १ सयले उकालो लागेर ८९ हजार ९ सय कायम भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेर ९ सय ४० कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १७ सय ५३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

शेयर गरौ

ताजा अपडेट