तीन करोडको लागतमा बन्ने आधारभुत विद्यालयको सिलान्यास

चितवन २० जेठ । भरतपुर २२ विरेन्द्रनगर टाउनमा राष्ट्रिय आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास भएको  छ ।

आज  भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो भवनको शिलान्यास गर्नुभएको हो । करिब तीन करोडको लागतमा भवन निर्माण हुने छ ।  प्रारम्भिक चरणमा भवन निर्माणका लागि बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ५० लाख ,भरतपुर महानगरपालिकाको १६ लाख विनियोजन भएको छ । यस्तै चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सांसद विकास कोषबाट १५ लाख रकम विनियोजन भएको महानगर प्रमुख दाहालले जानकारी दिनु भयो । उहाँले विद्यालय निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्न महानगरपालिकाले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो । वडा कार्यालयले विद्यालय सम्म पुग्ने सडक निर्माण गरेको छ ।

 

विद्यालय हुलाकी सडकको क्षत्राधिकार भित्र पर्ने भएकाले स्थानान्तरण गरिएको हो । सो अवसरमा वडाध्यक्ष विष्णु महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर पौडेल लगाएतको उपस्थिति रहेको थियो । आजै महानगरप्रमुख रेनु दाहालले पदमपोखरीको दलित बस्तीमा हावाहुरीले पु¥याएको क्षतिको समेत अवलोकन गर्नुभएको थियो । उहाँले सो क्रममा पिडितलाई तत्काल महानगरपालिका बाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै दाहालले अमर बहुउदेस्सिय सहकारी संस्थाको भौतिक पूर्वाधारको अवलोकन गरी समस्या सम्बोधन हुने बताउनुभएको छ ।

शेयर गरौ

ताजा अपडेट