भारत विरुद्ध नेपाली महिला फुटबलको ऐतिहासिक जीत

 

काठमाण्डौ, २९ माघ ।

नेपाली महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत नेपाली टोलीले भारतलाई २—१ ले हराउँदै ऐतिहासिक जीत हासिल गरेको हो ।

नेपालको जीतमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी थिइन् । त्यसको दुई मिनेट नबित्दै सावित्राले अर्को गोल थपिन् । यतिबेला विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेपछि सावित्राले मौकाको फाइदा उठाएकी थिइन् ।

भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो ।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो ।

ताजा अपडेट