चितवन ९ जेठ । लकडाउनले सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन तर स्थानीय पालिकामा भने विकास निर्माणको काम गर्न भ्याइनभ्याई भएको छ ।
हरेक वर्ष झै रोगको महामारीका बिच पनि भरतपुर महानगरको विभिन्न वडामा अहिले सडक चौडा बनाउने र कालो पत्रे गर्ने काम तीब्र रुपका अगाडि बढेको छ । सरकारले यहि समयलाइ बिकास गर्ने गरि योजना निर्माण गर्दा जसरी पनि काम गर्नु पर्बे दवाव छ ।
महानगर सहित अन्यपालिकामा पनि अहिले सडक निर्माणलाई प्राथमिकता दिएर काम भैराखेको छ । भरतपुरको वडा नम्बर १० मा सडक र ढल निर्माण धमाधम भएको वडा अध्यक्ष अरुण पीडित भण्डारीले जानकारी दिनु भयो ।