चितवन समाचार डटकम
२७ माघ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षामा लगानी भए अनुसारको उपलब्धी हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
रत्ननगर नगरपालिकाको आधारभुत विद्यालय बेल्छीको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाले वार्षिक २ खर्ब लगानी हुदा समेत आशातित उपलब्धी नभएको बताउनु भयो । उहाले भन्नु भयो ‘सरकारले वार्षिक २ खर्ब लगानी गरेको छ, निजि र अभिभावकको खर्च गरेर वार्षिक साढे ५ खर्ब लगानी भएको छ । यती धेरै लगानी शिक्षामा हुदा पनि सोचे अनुसारको प्रगति भएको छैन ।‘
सरकारी विद्यालयको गुणस्तरीयता खस्किने निजीको राम्रो हुने यो अवस्थाको अन्त्य गर्नको लागि शिक्षकहरुले मेहनत गर्नु पर्नेमा जोड दिनु भयो । निजी भन्दा सरकारी विद्यालयमा पढाउने शिक्षकले धेरै तलब खाने गर्दछन् उहाले भन्नु भयो ‘पैसा नभएर भन्दा पनि हामी आफै मेहनत नभएर हो भन्ने पुष्टी भएको छ । ’
अंग्रेजीमा पढाउछौ भनी सामुदायिक विद्यालयले प्रचार गर्नु ठुलो कुरा नभएको भन्दै यो जिम्मेवारी भएको बताउनु भयो । शिक्षाको गुणस्तरीयता बढाउनलाई शिक्षक, विद्यालयको प्रशासक, विद्यालय व्यवस्थापन समिति सबैको मेहनत आवश्यक रहेकोमा जोड दिनु भयो । विद्यार्थी नभएर सरकारी विद्यालय मर्च हुदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या हुने भन्दै नजिकको जागीर खानलाई भएपनि शिक्षकले मेहनत गरेर पढाउनु पर्नेमा जोड दिनु भयो । पूर्व अर्थमन्त्री पाण्डेले मन्दिरमा भन्दा विद्यालयमा दान र सहयोग गर्नु धेरै पुण्यको काम हुने बताउनु भयो । डाक्टर, इन्जिनियरलगायत समाजमा शिक्षत वर्ग उत्पादन गर्ने विद्यालयमा दान गर्नु ज्यादै पुण्यको काम हुने बताउनु भयो ।
अहिलेको सरकारले काम नगरेको भन्दै प्रतिपक्षले आलोचना गरेको भन्दै नेकपाको सरकार असफल भए गणतन्त्र नै असफल हुने बताउनु भयो । यही सरकारले काम गरेर देखाउने भन्दै सरकार गिराउन र बनाउने खेलमा लाग्न नहुने भन्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले नेकपाको सरकारले काम गर्न नसकेर असफल भएको आलोचना गर्नु भयो । जनताको अफेक्षा
अनुसार सरकारले काम गर्न सकेको छैन वहुमतको दम्वमा हिडेकाले जनताबाट आलोचित भएको बताउनु भयो । उहाले निजि शैक्षिक सस्थाले चार्को शुल्क लिएको भन्दै खारेज गर्नु पर्ने मागको टिप्पणी आएको भन्दै उहाले सरकारी विद्यायको शिक्षा राम्रो नहुने निजीलाई पनि हटाए शिक्षामा अझ बेथिति हुने बताउनु भयो । सरकारी विद्यालयको शिक्षा सुधार गर्नको लागि शिक्षकहरु आफै मेहनती हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रदेश साम्सद कृष्णप्रसाद खनाल, कञ्जन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलगायतले मन्तव्य राख्नु भएको थियो ।