अधिक मदिराले भरतपुरमा एकजनाकाे मृत्यु

चितवन समाचारडटकम
माघ २७, चितवन ।
भरतपुर महानगरपालिका वडा नम्वर १२ मालपाेतचाेकमा अत्यधिक मदिरा सेवनका कारण आज साझ एकजनाकाे मृत्युु भएको छ ।
भरतपुर ११ भाेजाड घर भएका ५५ वर्षिय शेखर पाैडेलकाे ज्यान गएको हाे । सडक छेउमा राखियकाे गिटिमा घाेप्टाे परेर निकै समय बसेपछि उनकाे अवस्था शङ्कास्पद ठानि स्थानीयले साझ प्रहरीलाई खवर गरेका थिए ।
घटनास्थल आएको प्रहरी टाेलिले परिवारजन र स्थानीयकाे राेहवरमा अस्पताल पुर्याएपनि घटनास्थलमै उनकाे ज्यान गइसकेको थियाे । शवलाई अहिले अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
दिउसाे अत्यधिक रक्सिले मातेकाे अवस्थामा देखेकाे स्थानीयले बताए । मृतककि श्रीमती शारदा पाैडेलेले अाफ्नाे श्रीमानले दिनहु धेरै मदिरा पिउने गरेकाे तर जति प्रयास गर्दा पनि पिउन छाेडाउन नसकेकाे दुखेसाे पाेख्नुभयाे । पाैडेल मालपाेतचाेकमा लेखापढिकाे काम गर्दै अाएका थिए ।

शेयर गरौ

ताजा अपडेट