चितवनमा भोली शनिबार दिनभर बिद्युत अवरुद्ध हुने

चितवन समाचारडटकम, माघ २५ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भोली शनिवार चितवनमा दिनभर विद्युत आपूर्ती बन्द हुने जनाएको छ ।
भरतपुर महानगरपालिकाको बाईपास सडकको बिस्तारका क्रममा बिद्युतीय संरचनाहरु सार्नु पर्ने र सवस्टेशन मर्मत गर्नुपर्ने कारण जनाउदैं प्राधिकरणले विहान ९ बजेदेखी साँझ सम्म जिल्लाभर विद्युत आपूर्ती बन्द हुने सुचना जारी गरेको छ ।
बाईपास सडकको कामका लागी प्राधिकरणका फिडरहरु भृकुटी, गैडाकोट, भरतपुर १ र हस्पिटल फिडर विहान ९ देखि साँझ ५ बजे सम्म सटडाउन गरिने छ ।
त्यस्तै भरतपुर सवस्टेशन मर्मतको लागी पर्सा, चनौली, र माडी गएको लाईन विहान ९ देखि अपरान्ह ४ बजे सम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ । यसैगरी भरतपुर २ फिडर र औधोगीक २ फिडर पनि सटडाउन हुने नेपाल बिद्युत प्राधिकरणले जारी गरेको सुचानामा उल्लेख छ ।

ताजा अपडेट