माघ २४, चितवन ।
विप्लव निकटको विद्यार्थी अखिल क्रान्तिकारीले कार्यकर्ता पक्राउकाे विराेधमा गरेकाे शैक्षिक हडतालले अाज चितवनका विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले आफ्नो विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको विरोधमा शिक्षण संस्था बन्दको आव्हान गरिएको जानकारि दिनुभयाे । केही दिन अघि काेषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेकाे थियाे । उनलाई हतियारसहित पक्राउ गरिएको प्रहरीकाे दावी छ । झुटा मुद्दा लगाएकोले आफ्नो संगठन विरोधमा उत्रन बाध्य भएको अखिल क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल गरेकाे छ ।
