चितवन सहित छुट्टा छुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

चितवन २४ माघ ।

चितवनसहित विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँज जनाको ज्यान गएको छ ।

गए राति चितवनको कुरिनघाटमा बसले मोटरसाइकललाई ठक्कर दिदा इच्छाकामना गाउपालिका लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । मुग्लिनबाट मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग ३ ख ३२६९ नंको बसले लु ५ प ६८५६ नंको मोटरसाइकललाई कुरिनघाटमा राति ९ः४५ बजे ठक्कर थापाको मृत्यु भएको थियो ।
ठक्कर दिने सवारी साधनको चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख नबीन बुढाथोकीले जानकारी दिनुभयो ।

जन्ती वस दुर्घटना दुइको मृत्यु

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा हिजो साँझ ६ः३० बजे जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ ।

रामेछापको कठोरेबाट काभ्रेतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुलीको कमेरेफाँटमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा मृत्यु भएको हो । मृत्यु हुनेमा तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनु भयो ।

घाइते हुनेहरुमा तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२ वर्षीय नीरज माझी रहेका छन् । प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

जीप दुर्घटना दुइको मृत्यु

तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग २ च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा हिजो राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बन्दीपुर अस्पतालमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जीप कच्ची सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय विर्खबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पोखरा लगिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।

ताजा अपडेट