चितवन प्रशासनले एक्सन लिने, बजार मुल्य र उत्पादकको अनुगमन गर्ने

चितवन समाचारडटकम

चितवन, २३ माघ ।

किसानले लागत मुल्य नपाएर तरकारी बारीमा जोताउन थालेपछि अवस्था बुझ्नको लागि जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गर्ने भएको छ ।
किसानले मुल्य नपाउने तर उपभोक्ताले चर्को मुल्यमा सामान खरिद गर्नु पर्ने भएपछि प्रशासनल कार्यालयले अनुगमन गर्न लागेको हो । तरकारी किसान र अण्डा उत्पादक किसानले मुल्य नपाएको भन्दै विरोधका तरिकाहरु अपनाएका छन् । पूर्वी चितवनका किसानले एक रुपैया किलो पनि बन्दा नबिकेको भन्दै बारीमा जोताएका थिए ।
एक जना किसानले बारीमा डोजर लगाए भने अर्काले ट्याक्टर लगाएर जोताउनु प¥यो ।

त्यस्तै गरी अण्डा उत्पादक किसानले लागत मुल्य नपाएको भन्दै सम्वन्धीत निकायको कार्यालयमा ताला लगाए । केही हप्ता अगाडि मात्रै उत्पादन भएको गोलभेडा बिक्री नहुने, भारतबाट भने व्यापारीले ल्याउने भन्दै सब्जी मण्डीमा भारतीय गोलभेडा नष्ट गरेका थिए ।

पटकपटक मुल्य नपाएको भन्दै किसानले विरोध गरेको थाहा पाएपछि अवस्था बुझ्न अनुगमन गर्न लागेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो । ‘ तरकारी किसान र अण्डा उत्पादक किसानको समस्या आएको छ त्यसैले हामीले खास समस्या के हो भन्ने हामी जानकारी लिदैछौ’ उहाले भन्नु भयो ‘बजारको र किसानले भनेको मुल्यमा फरक भएको पाएका छौ यो बुझ्ने छौ ।’

किसानले तरकारी जोतेको खबर सुनेपनि के कती क्षती भएको भन्ने विवरण नराखेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठले बताउनु भयो । हामीले तथ्याँक लिएका छैनौ उहाले भन्नु भयो उत्पादन धेरै भएपछि बिक्री कम हुन्छ त्यही भएर समस्या आएको छ ।

तरकारी जोनका प्रमुख भरतत आचार्यले भन्नु भयो यस वर्ष बन्दा र गोलभोडाले बजार पाएको छैन । बजारको मुल्य र किसानले पाउने मुल्यमा धेरै अन्तर छ त्यसैले सरकारले नै न्यूनतम मुल्य तोक्नु पर्दछ । उहाले भन्नु भयो ‘भरतपुर महानगरपालिका भित्र रहेको आफ्नो कार्य क्षेत्रमा गोलभोडाको मात्र समस्या आएको छ अन्य तरकारीको छैन ।’ उत्पादक किसान र बजारको मुल्य बिच हुने धेरै अन्तरको नियम बनाएर नियन्त्रण नगरेसम्म समस्या आइरहने बताउनु हुन्छ ।

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उपभोक्ता सधै किसानबाट ठगिरहने किसानले मुल्य नपाउने समस्या धेरै भएकाले यसको लागि आफ्नो सस्थाले आवाज उठाएको बताउनु हुन्छ । हामीले धेरै पटक भनेका छौ समस्या आएको छ समाधानको लागि उचित उपाय खोजौ । सरकारले नै किसानले उत्पादन गरेको सामग्री खरिद गर्ने व्यवस्था गर्नु पर्ने माग गर्नु भयो । सरकारले न्यूनतम मुल्यमा खरिद नगरेसम्म किसानको सधै समस्यामा पर्ने बताउनु हुन्छ ।

पूर्वी चितवनका किसान पूर्णदत्त भुसालले भन्नु भयो सरकारी निकाय गैर जिम्मेबार हुदा किसान सधै समस्यामा पर्ने गरेका छन् । एक रुपैयाँमा किसानले बिक्री गर्न नपाउने समस्या आएपछि सडकमा राखेर बिक्री गर्ने तयारी गरेको बताउनु भयो । किसानको समस्याका विषयमा छिटै सार्वजनिक गर्ने उहाले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट