लंकु र वाह्रघरेमा आज दिनभर बस्तीमा गैँडा

चितवन समाचारडटकम, माघ २२ :
भरतपुर महानगरपालिका वडा नम्वर ३ र ४ को सिमा पुंगु खोला लंकु क्षेत्रमा आज दिउसो गैंडा देखापरेका छन् ।
बस्ती नजीकका झाडीमा निकै वेर बसेपछि गैंडा र बच्चा हेर्न स्थानीय झमिएका थिए । नजिकैको नारायणी नदी विचमा रहेको नगरवनवाट गैंडा त्यहाँ छिरेका हुन् ।
स्थानीयले खवर गरेपछि गैंडा धपाउन सेना पुगेको थियो । अहिले गैंडा नगर वनतिर लागेको छ ।
पछिललो पटक त्यस क्षेत्रमा गैंडा पटक पटक आउने गरेको छ ।

 

 

तस्वीर : स्थानीय जोन कँडेल ।

शेयर गरौ

ताजा अपडेट