चितवन समाचारडटकम, २२ माघ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले चितवनको नारायणगढमा रहेको आदीकवी भानुभक्त माध्यमिक विद्यालयको आज स्वर्ण स्तम्भको अनावरण गर्नुभएको छ ।
विद्यालय स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज विद्यालय परिसरमा निर्माण गरिएको स्वर्णस्तम्भको राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो ।
विद्यालयले विविध कार्यक्रमका साथ स्वर्णउत्सव मनाएको छ । स्वर्णमहोत्सव समापन समारोहमा महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, राष्टिय सभा सदस्य पार्वती रावल , भरतपुर महानगर प्रमुख रेनु दाहाल अतिथी रहनुभएको छ ।
२०२५ सालमा बालकुमारी स्कुलको शाखाको रुपमा स्थापित यो विद्यालयले हाल भानु माध्यमिक विद्यालयका रुपमा सञ्चालित छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय बद्री अधिकारीले कार्यभार शुरु गरेपछि ०७३ साल यता विद्यालयले तीव्र गतीमा सुधार गरिरहेको छ । हाल विद्यार्थी संख्या १६ सय पुगेको छ । सरकारी दरवन्दीका २९ र स्थानीय स्रोतबाट ३५ गरी ६७ जना शिक्षक–कर्मचारी काम गरिरहेका छन् । २०७४ यता यो विद्यालय स्रोत केन्द्र पनि बनेको छ ।
स्वर्ण महोत्सव समापन समारोह अघि आज विहान वृहत शोया यात्रा निकालिएको थियो ।