१३ जिल्लाका दलित पत्रकारहरू उपत्यकामा

 

अमिर रामदाम,
काठमाडौं, ७ मंसिर । देशभर छरिएर रहेका दलित पत्रकार तथा सञ्चारकर्मीहरूलाई गोलबद्ध गराउने उद्देश्यले गठित राष्ट्रिय दलित पत्रकार संघको  मंसिर ८ गते आईतबार हुने प्रदेश नम्बर तीनको बृहत ऐतिहासिक प्रथम प्रदेश भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदेश नम्बर तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रम उद्घाटन गर्ने भएका छन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य सिंह बहादुर विश्वकर्मा, प्रदेश नम्बर तीनको प्रदेश सभा सदस्य मैना अच्छामी, कल्पना नेपाली परियार लगायतको विशेष सम्बोधन हुने राष्ट्रिय दलित पत्रकार संघका प्रदेश नम्बर तीनको भेला आयोजक समितिका इन्चार्ज भीम घिमिरेले बताए ।
कार्यक्रममा सहभागी हुनका लागी प्रदेश नम्बर तीनका १३ जिल्लाका पत्रकार तथा संचारकर्मीहरू उपत्यका आउने क्रम जारी रहेको छ । कार्यक्रममा भोली आईतबार नै प्रदेश समितिको घोषणा र सपथ ग्रहण गराउने कार्यक्रम रहेको संयोजक घिमिरेले बताए ।
छोटो समयमा नै केन्द्रीय समितिको दर्ता कार्य सम्पन्न गरि सातवटै प्रदेश समिति र ७७ वटा जिल्ला समिति बिस्तार गर्ने अभियानमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रहेको केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए ।
भेलामा प्रदेश नम्बर तीन अन्तर्गत १३ जिल्लाका प्रतिनिधि र पर्यावेक्षक गरी करिब एक सय पचाँस जना सहभागिता रहने भएको छ ।

शेयर गरौ

ताजा अपडेट