जापान र नेपालको महिला हिंसा समिक्षा

चितवन ४ मंसिर । जापान र नेपालमा महिला हिंसाको अवस्था कस्तो छ भनेर चितवनमा समिक्षा गरिएको छ ।
लैगिक हिंसाका कारण तथा न्यूनिकरणका उपायहरु विषयक कार्यक्रम मार्फत समिक्षा गरिएको हो । विगत १८ वर्षदेखि जापानमा महिलाको क्षेत्रमा क्रियाशिल तायको कातागिरीले कार्यपत्र मार्फत जापानमा महिलाको हालको अवस्थाको बारेमा जानकारी गराएकी थिईन । सो अवसरमा कातागिरीले जापानमा भन्दा नेपालमा महिला हिंसा कम हुने गरेको तथ्याक प्रस्तुत गरेकी छन् । हिंसाका प्रकार र हिंसालाई कसरी कम गर्न सकिन्छ भन्ने विषय उनले कार्यपत्रमा प्रस्तुत गरेकी थिईन ।
कार्यक्रमको सहजीकरण गर्दै रामपुर क्याम्पसकी उपकुलपति डाक्टर शारदा थपलियाले नेपाल र जापानको समानता र भिन्नताका विषयमा प्रष्ट पारेकी छन् । डाक्टर थपलियाले लिंगका आधारमा कामको बाडफाड हुने र हिंसा पुरुषमा भन्दा महिलामा बढी हुने गरेको बताईन । उनले हिंसा धनिले गरिब माथि गर्ने हुदा सबै भन्दा पहिला महिलाहरु आर्थिक रुपमा बलियो भए मात्रै महिला हिंसा कम गर्न सकिने बताईन ।
जिल्ला समन्वय समितिकी उप प्रमुख मुना श्रेष्ठले हिंसा संसार भरी रहेको भन्दै सबै भन्दा पहिला महिलाहरु स्वयम नै हिंसाका लागि लड्न तयार हुनु पर्ने बताईन । त्यसका लागि महिलाहरुले आफुलाई आर्थिक उर्पाजनमा लगाउन आग्रह गर्दै जिल्ला समन्वय समितिले हिंसामा परेका महिलाहरुको न्यायको लागि स्थायिन तह मार्फत काम गर्ने बताईन।
कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख कमला भट्राईले नगरपालिकाले महिला लक्षीत विभिन्न कार्यक्रमहरु ल्याएको बताईन । नगरपालिकाले महिलाहरुलाई स्वालम्भि बनाउनका लागि सिसाकलम बनाउने मिसिन ल्याउने तयारी गरेको भन्दै चिउरीको साबुन, अर्गानिक तरकारी खेती गर्न प्रोत्साहन, गलैचा बनाउने तालिम जस्ता महिला लक्ष्ति कार्यक्रममा जोड दिएको बताईन।
त्यसैगरी अधिकारकर्मी महादेवी खतिवडाले महिला हिंसा वर्ष भरीनै हुने गरेको भन्दै स्थानिय निकायले हिंसा न्युनिकरणका लागि वार्षिक योजना बनाएर अगाडी बढ्नु पर्ने बताईन । उता नेफस्कुन सञ्चालक समिति सदस्य शान्ति अधिकारीले घर परिवारमा नै बच्चाहरुमा समान तरिकाले कामको बाडफाड र जिम्मेवारी दिन सकेको खण्डमा आउदा दिनमा लिगकै आधारमा हिंसा कम हुने बताईन । भने महिला अधिकारकर्मी मिना खरेलले महिला भएकै कारण विभिन्न हिंसाको सामना गर्नुपरे पनी पछिल्लो समय साईबर क्राईम र आत्महत्या ठुलो चुनौतीको रुपमा आएको बताईन ।
कार्यक्रममा प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष एवंम कार्यक्रमकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले महिलाको कुरा गर्दा जहिले पनि गम्भिर हुुनु पर्ने अवस्थाको अनत्यका लागि महिलाहरु नै एक हुनु पर्ने बताईन । उनले हिंसा अरुबाट नभई आफ्नै बाट हुने गरेको भन्दै सचेतना संगसंगै अब क्रियाशिल रुपमा त्यसको प्रतिकार गर्नुपर्ने बताईन ।
कार्यक्रम प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको थियो भने जिल्ला समन्वय समिति चितवनले समन्वय गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट