हंगेरीलाई हराउँदै वेल्स युरोकप फुटबलका लागि छनोट

काठमाडौं, ४ मंसिर :

हंगेरीलाई हराउँदै वेल्स अर्को वर्ष हुने युरोकप फुटबलका लागि छानिएको छ ।

गएराति भएको समूह ‘ई’ को अन्तिम छनौट खेलमा वेल्सले हंगेरीलाई २–० ले हरायो । वेल्सका लागि दुवै गोल आरोन राम्सेले गरे । जितसँगै वेल्सले १४ अंकसहित समूह उपविजेताको रुपमा युरोकपमा ठाउँ बनाउँदा हंगेरी बाहिरियो । यो समूहबाट विजेताको रुपमा क्रोएसिया यसअघि नैं युरोकपमा छानिएको थियो । गएराति भएको अर्को खेलमा बेल्जियमले साईप्रसलाई ६–१ ले हरायो ।

जितसँगै बेल्जियमले समूहका सबै १० खेल जित्दै छनौट चरण सकाएको छ । गएराति भएका अन्य खेलहरुमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ ले हराउँदा नेदरल्याण्ड्सले इस्टोनियामाथि ५–० को जित निकाल्यो ।

यसैगरी रुसले सान मारिनोलाई ५–० ले हराउँदा स्कटल्याण्डले काजखस्तानलाई ३–१ ले निराश पा¥यो । गएरातिका खेलहरुपछि युरोकप फुटबलको समूहगत छनौट खेलहरु सकिए । समूहबाट कुल २० वटा टोलीहरु युरोकपमा लागि छानिएका छन् । बाँकी ४ स्थानका लागि १६ टोलीहरुबीच प्ले अफ् भिडन्त हुनेछ । एजेन्सी

शेयर गरौ

ताजा अपडेट