विश्वकप छनौटः नेपालले आज कुवेतसँग भुटानमा खेल्दै

काठमाडौं, ३ मंसिर :

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । कुवेतसँग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो। तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ। छनोटको समूह बीमा नेपाल समूहको चौंथो स्थानमा छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ।

कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा छैनन् । राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट