युएईविरुद्धको तीन अन्तराष्ट्रिय टी–२० सिरिज नेपालद्वारा कब्जा

काठमाडौं,  २०  माघ :
युएईविरुद्धको तीन अन्तराष्ट्रिय टी–२० सिरिज नेपालले कब्जा जमाएको छ । सिरिज अन्तिम तथा निर्णायक खेलमा युएईलाई १४ रनले हराउँदै सिरिज २–१ ले जितेको हाे।

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियो। नेपालले पहिलो खेलमा बिहीबार २१ रनले हारेको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

यसअघि नेपालले नेदरल्याण्ड्स र हङकङसँग शृङखला खेलेको थियो । दुवैमा नेपाल पराजित भएको थियो ।

दुवईस्थित आईसीसी एकेडेमी ओभलका वर्षाको कारण १० ओभरमा छोट्याएको सिरिजको अन्तिम खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियोको थियो ।

नेपालको जितमा करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २–२ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिएका थिए ।

नेपालका लागि ओपनिङ बलिङमा आएका सन्दीप लामिछानेले खराब सुरुवात गरेका थिए । उनले पहिलो ओभरमै २० रन दिएका थिए । पहिलो ओभरमा पहिलो बलमा छक्का, दोस्रो र तेस्रो बलमा चौका, चौथो बलमा डट। पाँचौ बलमा वाइड हान्दै पाँच रन र अन्तिम बलमा डट बल फालेका थिए ।
दोस्रो ओभरमा सोमपालले ९ रन दिंदै १ विकेट लिए भने तेस्रो ओभरमा करण केसीले १० रन दिए ।
चौथो ओभरमा सोमपाल आए । युएर्ईले चौथो ओभरमा १२ रन बनाउंदै युएईले नेपालमाथि दबाब कायम गरेको थियो । तर पाचौं ओभरमा अभिनाश बोहोराले ७ रन दिंदै ओपनर घुलम साबेरलाई २५ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किन खोजेको थियो ।

छैठौं ओभरमा बलिङमा फर्किदै सन्दीपले मोहम्मद उस्मानको विकेट लिंदै केवल ३ रन खर्चेपछि युएई ६१–३ को स्थितिमा पुगेको थियो ।

त्यसपछि सातौं ओभरमा ललित राजवंशीले बलिङमा आए । यो ओभरमा युएईले १२ रन जोड्दा जितका लागि युएईलाई बाकीँ ३ ओभरमा ३३ रन चाहिएको थियो ।

आठौं ओभरको पहिलो बलमै आक्रामक ब्याटिङ गरेका शाइमन अन्वरलाई करण केसीले आउट गर्न सफल भए । अन्वरले २० बलमा ३० रन जोडेका थिए । करणले फेरी तेस्रो बलमा कप्तान महम्मद नाभेदलाई शुन्यमै आउट गरे । त्यस ओभरमा करणले केवल ४ रन खर्चिंदै युएईलाई दबाबमा राख्न सफल भए ।

नवौं ओभर बलिङ गर्न आएका गरेका अभिनाशले सो ओभरमा ९ रन दिंदै १ विकेट लिन सफल भए । युएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । अन्तिम ओभर बलिङ गर्न आएका ललितले पहिलो दुई बलमा विकेट लिए र ५ रन मात्र खर्चिंदै नेपालको जित सुनिश्चित पारे ।

यसअघि दुवईस्थित आईसीसी एकेडेमी ओभलका वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालका लागि कप्तान पारस खड्काको २९ र डेब्यू शृङखला खेलेका सन्दीप जोराको २८ रनको सहयोगमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

ओपनिङमा नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का आएका थिए । तर पहिलो ओभरको तेस्रो बलमा कुनै रन नजोडी पवन पभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल ९ बलमा ११ रन जोडेर आउट भए ।

लगत्तै चौथो ओभरमा बलिङमा आएका दीपेन्द्र सिंह ऐरी २ रन जोड्दै आउट भए । त्यसपछि पारसलाई साथ दिन आएका सन्दिप जोरा र पारसको १३ बलमा ३३ रनको आक्रामक साझेदारीद्वारा नेपालको पारीले गति लिएको थियो ।

कप्तान पारस १४ बलमा २९ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । सोही ओभरमा पारसले १ छक्का र १ चौका समेत प्रहार गरेका थिए । नवौं ओभरमा सन्दीप जोरा २८ रनमा आउट भएका थिए । ११ बलको सामना गरेका उनको पारीमा ३ छक्का सामेल थियो ।

१० रन जोडेका करण अन्तिम ओभरमा बाउन्डरीमा उत्कृष्ट क्याचमार्फत आउट भए भने विनोद भण्डारी र सोमपाल पनि अन्तिम दुई बलमा आउट हुन पुगेका थिए र कुनै रन नजोडी सन्दीप लामिछाने अवजित रहेका थिए । प्रदीप ऐरीको स्थानमा सुरुवाती ११ मा अटाएका विनोदले १३ बलमा २१ रन जोडदै २ चौका र १ छक्का समेत प्रहार गरेका थिए ।

युएईका लागि मोहम्मद नाभिद र सुल्तान अहमदले २–२ विकेट लिँदा जाहुर खान, र मोहम्मद बोताले १–१ विकेट लिएका थिए ।

नेपालले यसअघि युएईलाई एकदिवसिय सिरिजमा पनि २–१ले हराएको थियो ।

शेयर गरौ

ताजा अपडेट