चितवन समाचार डटकम, २० माघ ।
गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थल भरतपुर महानगरपालिकाको मंगलपुरमा आयोजित डीपीआर आरम्भ कार्यक्रममा धुर्मुस सुन्तली फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दिनु भएको मन्तव्य जस्ताको तस्तै —
( धुर्मुसेको क्यारिकेचर गर्दै )
टेलिभिजनको पर्दामा तपाइहरुले विभिन्न रुपमा देख्नु भएको व्यक्ति धुर्मुसे अनि सुन्तली । हा हा रंगशाला त बन्ने नै भयो नी त सुन्तली । शुरु शुरुमा त ख्याल ख्याल जस्तो लाग्थ्यो । धुर्मुसे लफङगो ले बनाउला त जस्तो लाग्या थियो । तर वनाउने रछ है । लफङगोको रुपमा न सोच्नु होला जिम्मेवार नागरिकको रुपमा सोच्नु होला है । धुर्मुसे त सुध्रिसक्यो । सच्चा देशभक्त नागरिक बनिसक्यो ।
(खड्गा जीको रुपमा बोल्दै )
आमामा म यस्तो खत्रा मान्छे कि यस्तो खत्रा मान्छे म त झयाप्पै संगले दुइ वर्ष भित्रमा रंगशाला ठड्याएर देखाउने हो । विश्वलाई नेपालको शान इज्जत प्रतिष्ठा बढाउने हो विश्वलाई देखाउने हो । हास्नलाई होस पु¥याउनु होला कसैले नक्कली दात राख्नु भा छ भने फुत्त तल झर्ला ।
(मुस्कान पासाको रुपमा बोल्दै)
म त म त जतिखेर पनि हासी राख्ने । आमाको पेट भित्र पनि हासेको हास्यै । नौ महिनामा निस्कनु पर्ने मान्छे । सातै महिनामा निस्केछु । तर सातै महिनामा निस्केर बढा राम्रो काम भयो । आफ्नै पालामा अन्तरराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला देख्न पाउने भयो । हामी त भाग्य मानी रहेछौ । त्यसो भएर जस्तो परिस्थितिमा पनि हासेर जिउनु पर्ने रहेछ । सकरात्मक सोच लिएर अगाडि बढ्नु पर्ने रहेछ । यो देशमा कुनै असम्भव रहेनछ । मात्रै इच्छा शक्ति हुनु पर्ने रहेछ । त्यो त मेरो आफ्नै आँखाले देख्यो वाइ ।
(मन्तब्य राख्दै)
यि विभिन्न भूमिकामा तपाइहरुले माया गरिदिनु भएको थियो । तपाइहरुकै मायाले हामी धुर्मुस सुन्तली बनेका छौ । तपाइहरुकै मायाले सामाजिक अभियन्ता बनेका छौ । एक पछि अर्को बस्ती निर्माण गर्ने क्रममा संसार भरी रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीले सहयोग नगर्नु भएको भए सायद यती ठुलो परिकल्पना र परियोजना आट गर्ने हैसियतमा हामी पुग्दैन थियौ होला । यो नितान्त तपाइहरुको उर्जा हो तपाइहरुको हौसला हो र प्रेरणा हो ।
हामीले जे कबुल गरेका छौ । जे बाचा गरेका छौ । अहिले गुरु योजना निर्माण गर्ने क्रममा छौ । विभिन्न विषय विज्ञहरुसंग हामी परामर्श गर्दै यसको ड्रोइङ तयार पार्ने काममा अगाडि वढेका छौ । जे सहमती गरेका छौ त्यो पुरा गरेरै छाड्छौ ।
परिकल्पना भइरहदा हामीले तीन अर्ब भनेका छौ । यहाँ क्रिकेट भलिवल, फुटवल, बास्केट बल, सबै खेल्न मिल्ने बनाउदै छौ । मलाइ लाग्छ त्यो सबै कुरा पूरा गर्न तीन अर्बले होइन । कम्तीमा पनि ६ अर्ब देखि १० अर्ब रुपैया खर्चेर बनाउनु पर्ने रंगशाला हुन सक्छ । त्यती थोरै लागतमा सम्पन्न गर्ने परियोजना होइन । यसमा धेरै भन्दा धेरै स्वयमसेवीहरु खटिनुहुने छ । नगद मात्र होइन जिन्सी पनि सहायता हुन सक्छ । हामी आफै खटिन्छौ । भरतपुर महानगरपालिकाबाट खटिनु हुने छ । यहाँका सबैजना खटिनु हुने छ । त्यसकारण लागत तीन अर्ब भनेका हौ ।
यसरी उठाएको रकम हामीले कही कतै दुरुपयोग गर्ने छैनौ । हामी बुढाबुढी हसाउदै कमेडी गर्दै कला फस्टाएको थियो । हामीलाई पैसाको कमी थिएन । तर मुख्य कुरा सन्तुष्टी रहेछ ।
सुन्दर देश नेपाल छ । विभिन्न कारणले विकास गर्न सकेनौ । अब नागरिक आफै तातिनु पर्ने बेला आयो । अब नागरिक मिलेर विकास गर्ने बेला आयो भनेर स्वतन्त्र नागरिकका हिसाबले अगाडि वढेका हौ । सरकार भन्दा माथि कोही पनि हुन सक्दैनौ । हामीले सरकारलाई अभिभावक ठानेर साक्षी राखेका हौ । सरकारको पनि साथ सहयोग उत्तिकै रहनेछ ।
हामी यो सन्देश दिन चाहन्छौ की विश्वलाई नागरिक स्तरबाट बनेको पहिलो अन्तरराष्ट्रिय रंगशाला नेपालमा छ भन्ने सन्देश दिन चाहन्छौ । तपाइ हामी सबै मिलौ । यो दल, उ दल, यो जात उ जात, यो धर्म उ धर्म केही नभनीकन । स्वतन्त्र नागरिक लाग्नु भएको छ । म उद्घोष गर्न चाहन्छु । रंगशाला सतप्रतिशत बन्यो ।
रंगशालाको काम अब शुरु भयो । सबैले सहयोग गरिदिनुस । तपाइहरुले पनि सहायता गर्नुहोस । छिटो भन्दा छिटो काम गरौ ।
मान्छे मरेर स्वर्ग जाने भन्छन् । मरेर नर्क जाने भन्छन् । असल काम गर्नुहोस यही स्वर्ग छ । खराब काम गर्नुहोस अपराधिक रोच लिएर हिड्नुहोस यही नर्क छ ।
धुर्मुस सुन्तली फाण्डेशन एउटा स्वतन्त्र सामाजिक सस्था हो । यो कुनै पार्टीको भातृ सस्था हो न कुनै राजनीतिक दलको दवाव छ । सबै जनाले समान हिसाबले हेर्नु भएको छ । हामीलाई कुनै लोभ लालच इश्या केही छैन । मरेर जादा पनि असल नागरिक जन्मेको थियो असल काम गरेर गयो भन्ने सन्देश दिन चाहन्छौ ।
म अपिल गर्न चाहन्छु विश्वभरी छरिएर रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरुले निर्माण सहयोग गर्नु हुनेछ । चितवनमा किन रोज्यो भन्दा देशको केन्द्र भागमा रहेकाले रोजेका हौ ।
‘हेर्दा हेदै रंगशाला बन्ने छ, राष्ट्र निर्माण, तपाइ हाम्रो अभियान, समृद्धि सम्भव छ हाम्रै पाला, बनाउ मिली गौतम बुद्ध अन्तरराष्ट्रिय रंगशाला ।’